आज :

प्रहरीको अमानवीय कार्य, कोरोना संक्रमित नेकपाका नेता बिसीलाई बे’पत्ता बनाइयो

काठमाडौँ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता लालबहादुर बिसीलाई प्रहरीले पुनः गि’रफ्तार गरेर बे’पत्ता बनाएको छ ।

सर्वोच्चले शुक्रबार नेकपाका चितवन जिल्ला इन्चार्ज समेत रहेका लालबहादुर बीसीलाई सुनसरी जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा आजै थुनामुक्त गर्नु भन्ने आदेश दिएको थियो । थुनामुक्त हुनासाथ प्रहरीले सुनसरीबाटै उनलाई बेपत्ता बनाएको परिवारले बताएका छन् । कता लियो भन्ने प्रहरीले कुनै जानकारी नदिएको परिवारले जनाएका छन् ।

शुक्रबार भएको बहसपछि नेकपाका नेता बीसीलाई प्रवृत्त भावना राखी अदालत परिसरबाटै गि रफ्तार गरेको भन्दै उक्त थुना गैरकानुनी भएकाले तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो तर पुनः समातेर प्रहरीले कहाँ लग्यो भन्ने जानकारी दिएको छैन ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान राउत र तेजबहादुर केसीको इजलासमा भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, मनोहर लामिछाने, चुडाबहादुर निरौला र राजु अधीकारले बहस गरेका थिए ।

नेता बीसीलाई सरकारले भदौ १८ गते चितवन अदालतबाट रिहा भए पनि पुनः गि रफ्तार गरी सुनसरी पुर्याएर हातहतियार तथा सङ्गठित अपराधमा मुद्दा चलाएको थियो । प्रहरी नियन्त्रणमै रहेको बेला उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोनासँग लडिरहेका नेता बिसीलाई पुनः गि रफ्तार गरेर बे पत्ता बनाइनु अमानविय कार्य भएको भन्दै विरोध भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal