
धनगढी । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको विशेष पहलमा संकलन भएको राहत सामाग्री कैलालीका बाढी पीडितलाई हस्तान्त्रण गरिएको छ ।
मन्त्री भट्टसँगै नेपाल- भारत महिला मैत्री समाजकी अध्यक्ष सांसद चन्दा चौधरीको सक्रियतामा संकलित राहत शुक्रबार एक कार्यक्रमबीच हस्तान्त्रण गरिएको छ । सांसद चौधरी र मन्त्री भट्टका स्वकीय सचिव हितेस ओझाले १५० टेण्ट र १६० त्रिपाल कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका बाढी पहिरो पीडितलाई हस्तान्त्रण गरेका हुन् ।
सो क्षेत्र मन्त्री भट्टको निर्वाचन क्षेत्र पनि हो । सो अबसरमा स्थानीय नेत (नेकपा) स्थानीय नेता उद्धव भट्टराई, गोकर्ण भट्टलगायतका सहभागी थिए । पानीबाट बच्न टेण्ट र त्रिपाल व्यवस्था गरिएको बताउँदै मन्त्रीका स्वकीय सचिव ओझाले पीडित परिवारलाई खाद्यान्न लगायत थप सामाग्री उपलब्ध गराउने जानकारी पनि दिए ।