
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा नेपालमा १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार नेपालमा १४९७ जनामा कोरोना सक्रमण भएको थियो । हाल सम्म ७० हजार ६१४ जना कोरोना सक्रँमण भएको छन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट आज ६ जनाको निभन भएको छ । हिजो मात्र अहिलेसम्मकै धेरै १७ जनाको ज्यान गएको थिए । आजको सहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४५५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । बिहीबारसम्म ४५७ जना कोरोना मुक्त भएर घर फर्केका थिए । हाल सम्म नेपालमा ५१ हजार ८ सय ६६ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसारहाल सम्म ९ लाख ६८ हजार १ सय ८५ जनाको पीसीआर परीक्षण भएको छ । यो समय १८ हजार २८९ जना आईसोलेसन्मा रहेको छन् । ६ हजार ४६४ जना करेन्टाईनमा रहेको छन् ।