आज :

ट्रम्पलाई उनकै भतिजी म्यारीले लगाईन यस्तो आरोप, बिरुद्धमा मुद्धा दर्ता गरिन्

काठमाडौँ । आफ्ना काका ट्रम्प लाई भतिजी म्यारीले आरोप लगाएकी छन् । म्यारीले आफ्नो काकाले तिनुपर्ने लाखौं मिलियन डलर तिर्न नमानेको र बारम्बार उनबाट धोका पाएको र अन्यायमा परेको बताएकी छन् ।

म्यारीले काका डोनाल्ड ट्रम्प, उनकी दिदी मर्यन ट्रम्प बेरी तथा अगष्टमा निधन भएका दाइ रबर्ट ट्रम्पले सयुक्त रुपमा आफुलाई धोका दिएको आरोप लगाएकी हुन।

धोका सहनसहना अति भएको भन्दै म्यारी ट्रम्पको बिहिवार राष्ट्रपति ट्रम्पसहित उनका अन्य परिवारका सदस्यविरुद्ध मुद्धा दर्ता गरेकी छिन् । मुद्धा न्युयोर्क राज्यको म्यानह्याटन अदालतमा दर्ता भएको छ ।

डोनाल्ड ट्रम्पका वकिल जय सेकुलोले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । व्हाइट हाउस प्रेस सेक्रेटरीले भने म्यारी ट्रम्पलाई एउटा मात्र धोका भएको हुन सक्ने जनाएकाे छ ।

म्यारी हाल ५५ वर्षकी भईन् र उनले उक्त धोकाको लागि सन् २०१८ को अक्टोबर सम्म चुप लागेर बासिन् । त्यसपछि मात्र बारबार मुद्धा हाल्ने तयारी गरेकी हुन् र अहिले मुद्धा हाल्न सफल भएकी छन् ।

म्यारीको वकिलको भनेको छन् परिवारले गोप्यरुपमा उनलाई सम्पत्तिबाट निकालीदिए र झुट बोले साथै उनीसंग भएका सम्पत्तिलाई पनि फकाएर वास्तविक मूल्यभन्दा निकै कममा प्राप्त गरे ।

म्यारी हालै भएको आरोपहरु सबै सार्वजनिक गरेकी छिन् र कसरी आफ्नो परिवारले विश्वको सबैभन्दा खतरनाक व्यक्तिको संरचना गरको बताएकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal