आज :

कोरोनबाट आज एकैदिन १७ जनाको ज्यान गयो, संक्रमितको संख्या ७० हजार नजिक

काठमाडौं । कोरोना संक्रमणबाट आज अहिलेसम्मकै धेरै १७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थपसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।  डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार विहीबार सबैभन्दा धेरै काठमाडौंमा ६०९, चितवनमा १३७, ललितपुरमा ९५, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, भक्तपुरमा ५१ जना, कैलालीमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बर्दियामा २४, पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४/१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२/१२, धनुषा र बैतडीमा १०/१०, गोरखा र दाङमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोट, कास्की र स्याङ्जामा ८/८, बारा, पर्वत र प्युठानमा ६/६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४/४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३/३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २/२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal