आज :

(नेकपा) को सचिवालय पेरिसडाँडामा जारी, मन्त्रिमण्डल हेरफेरमा छलफल  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पार्टी एकतापछि पहिलो पटक पूर्वएमाओवादीको कार्यालय रहेको पेरिसडाँडामा आइतबार विहान ११ बजेबाट बैठक सुरु भएको थियो ।

यसअघि बालुवाटार बस्दै आएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकैछिन उपस्थित भएर निस्किन्थे । तर पेरिसडाँडामा जारी बैठकमा ओली पनि सहभागी छन् ।

शुक्रबारको सचिवालय बैठक पेरिसडाँडामा बस्ने तय भएको थियो । तर कार्य व्यवस्थाका कारण बैठक आजलाई सारिएको थियो । पार्टी एकतालाई नयाँ सन्देश दिन पेरिसडाँडामा बैठक आयोजना गरिएको (नेकपा) का नेताहरु बताउँछन् ।

स्रोतका अनुसार सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरबारे नेताहरुबीच छलफल चलिरहेको छ । नयाँ मन्त्री हुने पात्रबारे छलफल भइरहेको छ । त्यसैगरी बैठकमा पार्टी एकताका बाँकी काम र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको छ । फुटको डिलमा पुगेर फर्किएको (नेकपा) दुई अध्यक्षको कार्यविभाजनसँग कुरो मिलेको थियो ।

त्यसैगरी एमसीसी सम्झौताबारे पनि कुरा मिलिनसकेकोले आजको बैठकको एजेण्डा बनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal