आज :

दलाल राज्यसत्ताको असफलता पुष्टि भयो, राज्य व्यवस्थाको परिवर्तन नै निकास होः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भ्रष्टाचार र राष्ट्रघात जस्ता सङ्कटले राज्यसत्ताको असफलता पुष्टि भएको बताएको छन् । उनले अब राज्यव्यवस्थाको परिवर्तन नै निकास हो भन्ने धारण सार्वजनिक गरेको छन् ।

आईतबार एक बिज्ञप्ति जारी गदै वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।

महासचिव विप्लवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ “आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ ।” त्यस्तै उनले यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो भनेका छन् ।

महासचिव विप्लवे विज्ञप्ति अन्तयमा सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी हुन गएको छ । पार्टी सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गरेकाे छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal