आज :

आज संविधान जारी भएको दिनः कतै दिवस, कतै कालो दिन मनाइँदै 

काठमाडौं । आज नेपालमा संविधानसभाबाट संविधान जारी भएको दिन । दोस्रो संविधानसभाबाट संविधान जारी भएको आज पाँच वर्ष पूरा गरी ६ वर्षमा लागेको छ । यसको अवसरमा सरकारले संविधान दिवस मनाउँदै आएको छ ।

संघीय संरचनासहितको संविधान जारी भएपछि नेपालमा तीन तहका सरकार छन् । सरकारले यो वर्ष पनि टुँडिखेलमा संविधान दिवस मनाउने तयारी गरेको छ । सरकारले संविधान जारी भएको स्मरण गर्दै राष्ट्रिय दिवसको रुपमा मनाउन गरेको छ । यो कोरोनाका कारण विगतमा जस्तो विशेष कार्यक्रम नभएपनि दिउँसो सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना गरिएको छ ।

संविधान दिवसको अबसरमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ । समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा संविधान दिवस मनाउन लागिएको हो । अघिल्ला वर्षहरुमा मन्त्री, सांसद, कुटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी, कलाकारलगायत पनि सहभागी हुने गरे पनि यस वर्ष उनीहरुलाई समारोहमा बोलाइएको छैन ।

त्यसैगरी संविधानले सबै क्षेत्र र वर्गका समुदायको भावनाको प्रतिनिधित्व नगरेको भन्दै संविधानको विरोध पनि हुँदै आएको छ । जनताले बगाएको रगत र पसिनालाई संविधानले सम्बोधन गर्न नसकेको र संविधानले पुरानै संसदीय व्यवस्थालाई मान्यता दिएको भन्दै केही राजनीतिक पार्टी र समुदायले आज कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार संविधान नबनेको, संविधानले सबै दलाल संसदीय व्यवस्थालाई झन् बलियो मात्रै बनाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र मधेसवादी पार्टीहरुले विरोध गर्दै आएका छन् ।  उनीहरुले यसअघि असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएका थिए तर यस वर्ष कोरोनाका कारण सांकेतिक रुपमा विरोध जनाएका छन् नेकपाले त आफ्नो छुट्टै संविधान जारी गर्दै समानान्तर सत्ताको अभ्यास गरिरहेको छ ।

त्यसैगरी आदिवासी जनजाती र थारु समुदायले पनि संविधानले आफूहरुको अधिकारी सुनिश्चित नगरेको भन्दै कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal