आज :

हारेर पनि सांसद बन्ने भएपछि वामदेव गौतम दंग, उपप्रधानसहित अर्थमन्त्रीको लागि दौड सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएपछि दंग भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सुरुमा प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था भएपछि मात्रै राष्ट्रिय सभा सदस्य बन्ने अडान लिएका थिए । गौतमकै लागि (नेकपा)ले संविधान संशोधन गर्न कार्यदल नै बनाएको थियो । तर, चौतर्फी विरोध भएपछि कार्यदल खारेज गरिएको थियो ।

संविधान संशोधन हुने सम्भावना नदेखेपछि गौतम राष्ट्रिय बन्न तयार भए । संविधान संशोधनको लागि गौतम गुटमा पनि निकै दौडधुप गरे । कहिलै अध्यक्ष प्रचण्ड–नेता माधव कुमार नेपाल समूहमा त कहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा दौडिरहे । जुन समूहले गौतमलाई प्रधानमन्त्री र मन्त्री बनाउने कुरा गर्छ त्यातिर दौडिहाले ।

सचिवालयमा बहुमत पुर्याउन दुबै समूहले गौतमलाई राष्ट्रिय सदस्यका लोभ देखाइरहे । दुई समूहको घमासानसँगै यसअघि पार्टीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउने निर्णय समेत गर्यो । तर, प्रधानमन्त्री केपी शर्माले टार्दै आएका थिए । पार्टीभित्रको विवाद मिलेपछि बल्ल अहिले मन्त्रिपरिषदबाट गौतमका सिफारिस भयो । गौतमले पछिल्लो पटक प्रचण्ड–नेपाल समूह छोडेका थिए । उनले ओलीलाई पूरा कार्यकाल नहट्ने सहितको प्रस्ताव अगाडि बढाएका थिए । योसँगै ओली गौतमलाई राष्ट्रिय सभामा लैजान तयार भएका थिए ।

प्रधानमन्त्री ओली युवराज खतिवडालाई नै राष्ट्रिसभा सदस्य बनाएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका थिए । तर पार्टीमा चर्को दवावका कारण गौतमलाई राष्ट्रियसभामा लैजाने पक्षमा रहेपनि पार्टीभित्र दवाव बढेपछि गौतमलाई नै राष्ट्रियसभामा लैजान बाध्य भएका थिए ।

आफू राष्ट्रियसभा सदस्य बन्ने पक्का भएसँगै गौतमले मन्त्रीको लागि दौडधुप सुरु गरेका छन् । नेकपाका स्रोतका अनुसार सोमबार साँझ आफू निकटका केही नेताहरुसँग अनौपचारिक छलफल समेत गरेका छन् । गौतमले उपप्रधानसहित अर्थमन्त्रीको लागि दौडधुप सुरु गरेका हुन् ।
आफू अर्थमन्त्री भए देशमा कायपलट हुने भन्दै त्यसको लागि पहल गर्न केही नेताहरुलाई भन्न थालेको बताइएको छ । यो प्रस्ताव प्रधानमन्त्री ओलीसम्म पनि पुगिसकेको छ । तर, गौतमले जति गरेपनि ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी नदिने वालुवाटार स्रोत भन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal