आज :

सरकारविरुद्ध डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं सत्याग्रह 

सुर्खेत । डाक्टर गोविन्द केसीले फेरि जुम्लाबाट अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसीले १९ औं अनसन सोमबारबाट जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सुरु गरेका छन् ।

केसीले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध १९ औं सत्याग्रह सुरु गरेको बताए । केसीले यसअघिको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने यसअघिको मागलाई मुख्य रुपमा अगाडि सारेका छन् ।

त्यस्तै प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी,डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग पन‍ि राखेका छन् ।

डाक्टर केसीले सरकार पटकपटक यसअघि सम्झौता गरेका बुँदाहरु पनि कार्यान्वयन नगरेको समेत बताएका छन् । २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने माग पनि केसीले अगाडि सारेका छन् । सरकारले आफूसँग गरेका सम्झौता पूरा नगरेकोले सत्याग्रह बस्नु परेकाे बताएका छन् ।

यसअघि विभिन्न मागहरु राखेर केसीले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal