आज :

कोरोनाका कारण रगत अभाव भएपछि अखिल क्रान्तिकारीद्वारा काठमाडौंमा रक्तदान

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) ले रक्तदान कार्यक्रम गरेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा रगत अभाव हुँदै गइरहेको छ । लकडाउन र निषेधाज्ञाका कारण रक्तदाताले रगत नदिएका कारण देशभर रगतको अभाव हुँदै गइरहेको छ । कोरोना भाइरस संक्रमितको उपचार भइरहेका  अस्पताहरुमै रगत अभाव भएपछि अखिल क्रान्तिकारीले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिरहेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका क्षेत्रीय समन्वय समितिले काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाको समन्वयमा अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले रक्तदान गरेका हुन् ।

कोरोनाका कारण रगत अभाव भएको भन्ने जानकारी पाएपछि रगत संकलन गर्न आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले बताए । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर संगठनका नेता-कार्यकर्ताहरुले रगत दान गरेको बताए । उनले आगामी दिनमा पनि रक्तदान कार्यक्रम आयोजना गर्ने बताए ।

रक्तदान कार्यक्रममा संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, महासचिव प्रकाश शाही, कोषाध्यक्ष नरेन्द्र बिक, उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक बिकसहित केन्द्रीय सदस्य र उपत्यका जिल्ला अध्यक्षसहित करिव दुई दर्जन नेता कार्यकर्ताहरुले रगत दिएका थिए । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाले रगत संकलन गरेको थियो ।

यसअघि संगठनका लुम्बिनी र सेती महाकाली ब्यूरोले पनि रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal