आज :

पूर्वराजा विरेन्द्रले प्रयोग गरेको जहाज गुडाएरै नारायणहिटी पुर्याइयो, सर्वसाधारणको लागि खुला

काठमाडौँ । पूर्वराजा विरेन्द्र शाह र राजपरिवारले प्रयोग गरेको जहाजलाई गुडाएरै नारायणहिटी संग्राहलय पुर्याइएको छ । नेपाली सेनाले प्रयोग गर्दै आएको उक्त जहाजलाई शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय पुर्याएको हो ।

राजदरबारका सदस्यहरु‍ले समेत भीभीआईपी सेक्युरिटीमा नेपाली सेनाको उक्त जहाज प्रयोग गरेका थिए । उक्त जहाजलाई संग्राहलयमा राख्ने सरकारी निर्णयअनुसार सेनाले काठमाडौंका सडकमा गुडाएरै नारायणहिटी संग्राहलय पुर्याएको छ ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार एभ्रो एयर क्राफ्टको जहाजका पार्टपूर्जा निकालेर कासडकमा गुडाइएको थियो । पाँच भागमा विभाजन गरी खोलिएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि पहिलेको अवस्थमा जडान गरिएको थियो ।

जहाज सडकमा गुडाउने निकै चुनौतीपूर्ण मानिन्छ । तर तीनकुनेस्थित गैह्रीधाराको मोडमा सामान्य ठोक्किनेबाहेक कुनै दुर्घटना भएन । अब संग्राहलयमा घुम्न जाने पर्यटकहरुले हेर्न पाउनछन् ।

उक्त जहाज नारायणहिटीमा लैजाने निर्णय गरेको एक वर्षपछि सेनाले गुडाएरै शनिबार राति बल्ल पुर्याइयो । रक्षा मन्त्रालयले पूर्वराजाले प्रयोग गरेका विमान र हेलिकप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । वि.सं.२०३१ मा नेपाल ल्याइएको जहाज राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal