आज :

(नेकपा)को स्थायी समिति बैठकः विवादित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय, यस्ता छन् थप निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदमा अनुमोदन गर्ने निर्णय गरेको छ । डेढ महिनापछि शुक्रबार बसेको स्थायी समिति बैठकले संशोधन र परिमार्जन गरेर एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णय गरेको संचारकर्मीलाई जानकारी दिए । उनका के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने पनि जानकारी दिए ।

त्यसैगरी बैठकले पार्टीको महाधिवेशनको मिति तय गरेको छ । प्रवक्ता श्रेष्ठले आगामी चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी बैठकले दुबै अध्यक्षको कार्यविभाजन पनि गरेको छ । अध्यक्ष ओलीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्ने निर्णय समेत बैठकले गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

बैठकले सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने,पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय गरेको छ ।

असार १० गते सुरु भएर स्थगित भएको बैठक भदौ २६ गते पुगेर सम्पन्न भएको छ । बैठक सुरु भएलगत्तै अधिकांश स्थायी समिति सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना गरेका थिए ।

स्थायी समिति सदस्यहरुले बैठकमा बोल्दै ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजिनामा दिनुपर्ने माग राखेका थिए । त्योसँगै नेताहरु दुई समूहमा विभाजित भएका थिए । यसप्रति तीब्र असहमति जनाउँदै ओलीले बैठकमा आउन छोडे । ओली र प्रचण्ड–नेपाल समूह पार्टीमा बहुमत पुर्याउनतिर लागे ।

दुबै समूहले केन्द्रीय समिति र संसदीय दलम बहुमत जुटाउन लागेपछि झण्डै पार्टी फुटको डिलमा पुगेको थियो । फुटलाई स्वीकार गर्ने भन्दै ओलीले प्रचण्ड र नेपाललाई जे मन लाग्छ गर भन्दै एकलौटी रुपमा स्थायी समिति बैठक स्थगित गरेका थिए । त्यसपछि अवरुद्ध बैठक आज सम्पन्न भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal