News Portal

  • सिटीईभिटीले अनलाईन भर्ना खोल्यो, असोज १५ भित्र आवेदन दिईसक्नुपर्ने (सुचना सहित)

    डबली संवाददाता२०७७ भदौं २६ गते
    २७१ पटक

    काठमान्डौ । शुक्रबार एक सुचना जारी गदै यो बर्षको भर्ना अनलाइन बाट गर्न उल्लेख गदै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) भर्ना आबेदन खुल्ला गरेको छ । डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना गर्नको लागी (सिटीईभिटी) सुचना जारी गरेको छ । सुचनमा असोज १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हरुको लागी प्रमाणपत्र तह तथा डिप्लोमा अध्ययनका लागि आवेदन दिन भनिएको छ ।

    सिटीईभिटीका प्रवक्ता अनोज भट्टराईका अनुसार कोरोना भाइरस महामारी लक्षित भएको निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएकोे बताएको छन् ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरकोले निकालेको सुचनामा भनिएको छ ‘एस.ई.ई.÷प्रा.एस.एल.सी. उत्तीर्ण भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गतका शिक्षण संस्थाहरुमा शैक्षिक सत्र २०७७÷७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरुमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले आफुले अध्ययन गर्न चाहेको कार्यक्रम र शिक्षण संस्थाहरुमा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड समेतलाई पालना गर्दै सम्बन्धी शिक्षण संस्थाले उपलब्ध गराएको विद्युतिय माध्यमबाट मिति २०७७ आश्विन १५ गते कार्यालय समय भित्र आवेदन दिनहुन सुचित गरेको छ ।

    ctevtDiploma Level fullpaying Selection Details notice-2077-05-26

    Diploma level Full fee paying-Lashit barga quota form

    Diploma Level Full Fee Paying-Open Quota form

    Diploma Level Full fee paying-TSLC Quota form

    प्रतिकृया दिनुहोस्