आज :

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकारसहित कर्णालीका तीनजना पत्रकार कोरोना संक्रमित

सुर्खेत । समाचार संकलन तथा सम्प्रेशणको अग्रमोर्चामा खटिएका कर्णालीका तीनजना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकी, यार्सान्यूज डटकमका सम्पादक देविराम देवकोटा र रारान्यूज डटकमका सम्पादक नरेश भण्डारीलाई कोरोना संक्रमण भएको हो ।

समाचार संकलन तथा सम्प्रेशणको क्रममा अग्रमोर्चामा खटिएका कारण उनीहरुको स्वाब संकलन गरी कोरोना परीक्षण गराउँदा विहीबार संक्रमण पुष्टि भएको थियो । अहिले तीनै जना क्वारेन्टिनमा रहेका र स्वास्थ्यमा कुनै समस्या छैन ।

नेपालमा कोरोना संक्रमणलाई लुकाउने गरिपनि तीनै जना पत्रकारहरुले सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् । उनीहरुले कोरोना संक्रमण हुनु कुनै अपराध नभएको भन्दै पहिचान लुकाउनु पर्ने कुनै कारण नभएको समेत बताएका छन् ।

शुक्रबार विहान अनलाइन डबलीसँग कुरा गर्दै तीनै जना पत्रकारले आफूहरु कार्यक्षेत्रमा खट्दा संक्रमण देखिएकोले लुकाउनु पर्ने कारण नभएको समेत बताए ।

“कोरोना भाइरस एक खाले रोग भएकोले कार्यक्षेत्रमा खट्दा संक्रमण हुनु सामान्य कुरा हो । यो कुनै अपराध होइन । हजारौं भाइरसजस्तै यो पनि एक भाइरस हो, संक्रमण लुकाउनु पर्दैन । बरु संक्रमितलाई दुव्र्यवहार गर्नु अपराध हो” क्वारेन्टिमा रहेका पत्रकार देवकोटाले अनलाइन डबलीसँग भने । उनले आफूहरुमा कुनै समस्या नदेखिएको बताउँदै कोरोना जितेर चाँडै नियमित काममा फर्किने विश्वास व्यक्त गरे ।

त्यसैगरी मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार समेत रहेका पत्रकार बुढाथोकीले पनि अपराधीजस्तै संक्रमितको पहिचान लुकाउन नहुने भन्दै आफूहरुले सबै शुभचिन्तकलाई सार्वजनिक रुपमै संक्रमित भएको जानकारी गराएको बताए । बुढाथोकीले आफूलाई कुनै लक्षण नदेखिएको समेत बताए । “हामी तीनैजनालाई कुनै लक्षण देखिएको छैन । तर संक्रमण पुष्टि भइसकेकाले क्वारेन्टिमा बसेका छौं । यहीबाटै सबैसँग सम्पर्क भइरहेको छ” बुढाथोकीले भने । उनले जनचेतान अभावकै कारण कोरोना संक्रमणलाई अपराधजस्तै मानिएको भन्दै पहिचान लुकाउनु नपर्ने बताए । पत्रकार बुढाथोकीले पनि आफू कोरोनाले जितेर चाँडै नियमित काममा फर्किने विश्वास व्यक्त गरे ।

सँगै क्वारेन्टिनमा रहेका अर्का पत्रकार नरेश भण्डारीले कोरोना भाइरस मानिस लडिरहेका हजारौं भाइरसजस्तै एकखाले भाइरस भएको बताउँदै आतंकित हुनु नपर्ने बताए । सतर्क भएर कार्यक्षेत्रमा खटिँदाखिटिँदै आफूहरु संक्रमित भएको भन्दै भण्डारीले लुकाउने पर्ने कुनै कारण नभएको बताए । परीक्षण गराउने हो भने धेरै नेपालीलाई कोरोना पोजेटिभ देखिने पनि भण्डारीले बताए । उनले आफूहरुले कोरोना संक्रमण हुनु अपराध भएकोले नै आफूहरु सार्वजनिक भएको बताए ।

“कोरोना भाइरस संक्रमण हुनु भनेको कुनै अपराध होइन । कार्यक्षेत्रमा खटिने क्रममा हामीमा संक्रमण भएको हो । अब यसलाई उच्च मनोबलका साथ जितेर फर्किने छौं” भण्डारीले कुराकानीको क्रममा भने । उनले सबै संक्रमितलाई पनि हिनताबोध नभएर उच्च मनोवल बनाउन सुझाव समेत थिए । उनले आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या नभएको समेत बताए ।

उच्च मनोबलसहित तीनै जनाले क्वारेन्टिनमा नियमित व्याम गर्ने गरेको र खाना पकाउने-भाँडा धुन र सरसफइको पालो लगाएका छन् । उनीहरु सामुहिक रुपमा कोरोनासँग जित्ने बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal