आज :

सत्तारुढ (नेकपा) का कार्यकर्तालाई सामाजिक संजालमा लेख्न प्रतिबन्ध, नेताविरुद्ध लेख कारवाही गर्ने

काठमान्डौ । सत्तारुढ( नेकपा) नेता-कार्यकर्तालाई सामाजिक संजालमा लेख्न प्रतिबन्ध लगाएको छ । नेताविरुद्ध सामाजिक संजालमा लेखेमा कारवाही गर्नेगरी नियम बनाएको छ । (नेकपा)का २ अध्यक्षदयले स्थायी कमिटी मार्फत् नेताकार्यकर्ताहरुले अर्को नेताकार्यक्रता विरुद्ध लेख्न नपाउने व्यवस्था गर्न लागेका बैठकमा छलफल गरेको छन् ।

छलफलमा खासगरी नेता र सरकारका काम कार्वाहीबारे आलोचनात्मक टिप्पणी गर्न नपाइने गरी बन्देज लगाउन खोजिएको हो । बैठकको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

त्यसैगरी प्रस्तावमा ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’ भनिएको छ ।

अध्यक्षद्वय ओली र दाहालले स्थायी कमिटीमा पेश गर्न तयार पारिएको प्रतिवेदनमा नेता तथा क्रार्यक्रर्ता माथि टिप्पणी गर्न रोक लगाउने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal