आज :

काठमाडौंमा भदौ ३१ गतेसम्म निषेधाज्ञाः आजबाट खुकुलो, केके गर्न पाइन्छ ?

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणको लागि भन्दै काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बिएको छ । तर, आजबाट निश्चित मापदण्ड तथा सर्तसहित खुकुलो बनाइएको छ ।

यातायात जोरबिरोज प्रणालीमा र पसल आलोपालोमा खुलाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । औषधि र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ ।

नयाँ नियमअनुसार खाद्यान्न, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । त्यस्तै, विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै ढुवानीका लागि प्रयोग हुने गाडी दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ ।

त्यसैगरी टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउने गाडी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बजार र किनमेलसँग सम्बन्धीत पसलहरु आलोपालोमा खुल्ने भएका छन् । सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ भने भाँडा र भान्साजन्य साथै यस्तै प्रकृतिका अरु पसलहरु आइतबार, मंगलबार, र शुक्रबार मात्रै खोल्न पाइनेछ ।

त्यसैगरी फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सोमबार र बुधबार खोल्न पाइनेछ । फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।

गाडी मर्मतसम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न सकिनेछ । उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।

व्यवसाय संचालन गर्दा वा पसल खोल्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । यदि नगरिए कारवाही गर्ने तीनै जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

निषेधाज्ञा खुकुलो बनाए पनि प्रशासनले खुला स्थानमा मानिस भेला हुन, भिडभाड, जुलुस, जात्रा पर्व र भोजभतेर गर्न निषेध गरेको छ । त्यस्तै, मठ मन्दिरमा दैनिक पूजाआजा गर्न, शैक्षिक संस्था, सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, ब्युटीपार्लर, जिमखाना, पुस्तकालय, चिडियाखानामा निषेधाज्ञा कायम छ । उद्योग, व्यापार, व्यवसाय, निर्माणका श्रमिक, कामदारको ओसारपसार पनि निषेधित गरिएको छ ।

निषेधाज्ञाबीच काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दोब्बरको हाराहारीमा बढेको छ । भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा तीन हप्ता पुग्दा समेत संक्रमित तीन अंकबाट तल झार्न सकिएको छैन । बरु उल्टो निषेधाज्ञा जारी भएपछि काठमाडौँ उपत्यमाकामा ७ हजार संक्रमित थपिए । कुल संक्रमितको संख्या ९ हजार चारसय र संक्रिय संक्रमितको संख्या ६ हजार रहेको छ ।

निषेधाज्ञा गरिए पनि संक्रमण नियन्त्रणमा सरकारले ठोस पहल नगर्दा संक्रमित दर नघटेको विज्ञहरूले बताएका छन् । टेकु अस्पतालका डा. अनुप बाँस्तोलाले काठमाडौँ उपत्यकाका अवस्था खतराको संकेत भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal