आज :

भेनेजुएलामा रुसले तयार पारेको कोरोना खोप परीक्षा सेप्टेम्बरभित्रै, अक्सोफोर्ड खोप बनाउन असफल

काठमाडौं । रुसले बनाएको स्पतनिक भीम नामको कोरोना खोप अन्तिम परीक्षणमा रहेको छ । रुसले विश्वका धेरै देशहरुमा अन्तिम परीक्षणको परीक्षण भइरहेको छ । यसैक्रममा भेनेजुएलाले पनि यसै सेप्टेम्बरभित्रै परीक्षण गर्ने भएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देशमा सेम्टेम्बरमा परीक्षण गर्ने बताएका छन् । उनले त्यसको लागि खोप खोप सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने जानकारी समेत दिएका छन् ।

राष्ट्रपति मदुरोले भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई परीक्षण गरिने जानकारी दिएका हुन् । मदुरोले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि जानकारी दिए ।

चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ । रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ ।

रुसी संचारमाध्यमहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताए । उनले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिए ।

यसैबीचमा अक्सफोर्ड युनिभर्सिटीलाई भने कोरोना खोप निर्माण ठूलो धक्का लागेको छ । अक्सफोर्ड तयार पारेको खोपको क्लिनिकल ट्रायलमा सहभागी एकजना बिरामी भएपछि धक्का लागेको हो । योसँगै परीक्षण रोकिएको छ ।

कोभिड नियन्त्रणका लागि भ्याक्सिनको मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोकेका हुन् ।

परीक्षणमा समावेश एक व्यक्ति विरामी भएको र उसको रोगबारे पूर्ण जानकारी प्राप्त नभइसकेकाले तत्काल का लागि परीक्षण रोकिएको जनाइएको छ । रुटिन स्थगन नै भएको युनिभर्सिटीले जनाएको छ । अहिले संसारभरी करिब एक दर्जन बढी स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको थियो ।

परीक्षणको पहिलो र दोस्रो चरण पार गरेपनि अन्तिम चरणमा भने अक्सफोर्डलाई ठूलो धक्का लागेको छ । यसलाई अक्सफोर्डको असफलतासँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal