आज :

काँग्रेस महामन्त्री शशांकले होम आइसोलेसनबाट वीपी जयन्तीमा दिए यस्तो सन्देश

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले होम आइसोलेसनबाटै वीपी जयन्तीको अबसरमा सन्देश दिएका छन् । कोइराला कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका छन् ।

आज १०७ औं वीपी जयन्ती अबसरमा कोइरालाले राष्ट्रियता र प्रजातन्त्र एक अर्कोका परिपुरक भएको बताउँदै राष्ट्रहित चाहनेहरु एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै प्रजातान्त्रिक समाजवादको माध्यमबाट नेपाल र नेपालीको हित निमित्त गम्भिरताका साथ अघि बढ्नु पर्ने बताएका छन् ।

महामन्त्री कोइरालाले वि.पी. नेपाली साहित्यको फरक बिम्ब र बहुआयामिक व्याक्तित्वको धनी भएको भन्दै अगाडि भनेका छन्, ‘राजनेता वि.पी. कोईराला नेपाली साहित्यको फरक बिम्ब र बहुआयामिक व्यत्तित्वका धनि हुनुहुन्थ्यो । नैतिकतालाई राजनितिमा पहिलो अनिवार्य योग्यताकारूपमा लिनुहुदै नैतिकताले नै राजनीति सफल हुनेमा दृढ उहाँले सदैव आफु भन्दा पार्टी र पार्टी भन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नु भएको थियो ।’

म‌ंगलबार गरिएको कोरोना परीक्षणको क्रममा महामन्त्री कोइरालालाई संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै आफू होम आइसोलेनमा बसेको उनले सामाजिक संजालमार्फत जानकारी गराएका थिए । उनल आफूलाई कुनै लक्ष्ण समेत नभएको बताउँदै प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सचेत रहन समेत भनेका छन् ।

कोरोना संक्रमण पुष्टिपछि कोइरालाले लेखेका छन्ः

प्रिय साथीहरू ! आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसन (Home Isolation) मा बसेकाे छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुराेध गर्दछु । जय नेपाल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal