आज :

रातोखबर साप्ताहिकका निर्देशक विरहीलाई अस्पतालबाटै गिरफ्तार गरेर धनुषा लगियो

काठमाडौं । रातोखबर साप्ताहिकका निर्देशक तथा मास्र्कवादी लेखक अनिल शर्मा ‘बिरही’लाई प्रहरीले अस्पतालबाटै पुनः गिरफ्तार गरेको छ । उपचारमा बाधा नपुर्याउन अदालतले दिएका आदेशविरुद्ध प्रहरीले शनिबार विरहीलाई गिरफ्तार गरेको हो ।

भारतपुर अस्पतालमा उपचाररत विरहीलाई प्रहरीले डिस्चार्ज गर्न दवाव दिँदै आएको परिवारले जनाएका छन् । भर्याङबाट लडेर ढाँडमा गम्भीर चोट लागेर अस्पतालमा उपचार गराउँदै गर्दा विरहीलाई प्रहरीले गिरफ्तार गरेको थियो । नेता विरही विगत तीन महिनादेखि अस्पतालमै थिए ।

विरहीलाई धनुषा लगिने चितवन प्रहरीले शनिबार बताएको थियो । धनुषाको पत्र आएको बताउँदै चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले उता पठाइएको बताए । अस्पतालको गेटबाटै जिल्ला प्रहरी कार्यालयको भ्यानले प्रहरी कार्यालय पु¥याइएको थियो ।

पुरानो मेडिकल कलेजमा उपचार गराइरहेको अवस्थामा विरहीलाई प्रहरीले वैशाख २३ गते गिरफ्तार गरेको थियो । शर्माका पक्षबाट जिल्ला अदालत चितवनले रिहासँगै उपचारमा कुनै बाधा नपुर्याउन आदेश दिएको थियो । अस्पतालमा रहँदासम्म प्रहरीले घेरा हालेर बसेको थियो ।

गम्भीर स्वास्थ्य समस्या हुँदा समेत प्रहरीले मानवीयता गुमाउँदै गि्रफ्तार गरेको भन्दै मानवअधिकारकर्मी, पत्रकार, कानुनव्यवसायी, लेखक, साहित्यकारले विरोध जनाएका छन् । उनीहरुले विरहीको रिहाईको माग समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal