आज :

रातो मछिन्द्रनाथको रथः कोरोनालाई छल्दै जात्रा मनाउने यस्तो भयो सहमति

काठमाडौँ । स्थानीय प्रशासनले ललितपुरमा क’र्फ्यु लगाएको छ । आज विहान ४ बजेबाट लागु भएको कफर््यु राति १० बजेसम्म कामय रहनेछ ।

विहीबार रातो मथिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको थियो । सम्भावित झडपलाई ध्यानमा राखेर स्थानीय प्रशासनले ललितपुर चक्रपथभित्र विहान ४ बजेदेखि राति १० बजेसम्मलाई कफर््यु लगाएको हो । उक्त क्षेत्रमा भेला, जुलुस, आवतजावत गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । क.र्फ्यु उलंघन गरे स्थानीय प्रशासनले गो’ली हान्ने आदेश दिएको बताइएको छ ।

कोरोनाका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएको अवस्थामा ललिपुर पुल्चोकमा रथ तन्न थालिएपछि प्रहरीले अवरोध गरेपछि झ डप भएको थियो ।

यसैबीच रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकमा यस्तो सहमति भएको थियो ।

सरोकारवाला र प्रशासनबीच भएको सहमतिअनुसार आज (शुक्रबार) १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ ।

बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । बैठकले छोटो कार्यविधि गरी जात्रा मनाउने सहमति भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal