आज :

बास्कोटाको ७० करोड कमिसन प्रकरणः अख्तियारले सुरु गर्यो छानविन, मिश्रलाई उपस्थित हुन सार्वजनिक सूचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिसन प्रकरणको छानविन सुरु गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बास्कोटाले कमिसन मोलमोलाई अडियो सार्वजनि भएको थियो । अडियो सार्वजनिक गर्ने विजय मिश्रलाई अख्तियारले बोलाएको छ ।

अख्तियारले बुधाबर सार्वजनिक सूचना प्रकाशित गरेर मिश्रलाई सात दिनभित्र उपस्थित हुन भनेको छ । सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।

सूचना प्रकाशित भएको ७ दिनभित्र उपस्थित नभए कानुनअनुसार कारवाही गर्ने समेत अख्तियारमा सूचनामा भनेको छ । “यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जानेछ” सार्वजनिक सूचनामा भनिएको छ ।

मिश्रले बास्कोटाले आफूसँग ७० करोड कमिसन मागेको भन्दै उक्त अडियो संचारमाध्यममार्फत सार्वजनिक गरेका थिए । सो प्रकरणपछि बास्कोटाले मन्त्रीबाट राजिनामा दिएका थिए ।

उक्त प्रकरणको छानविन गर्न अख्तियार जनस्तरबाटै दवाव सिर्जना हुँदै आएको थियो । यो सूचना सार्वजनिक भएसँगै ७० करोड प्रकरणको छानविन सुरु भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal