आज :

त्रिपुरेश्वरका सर्जिकल व्यवसायीद्वारा कुटपिट र तोडफोडको विरोध, २४ सै घण्टा पसल खोल्ने

काठमाडौँ । गुण्डाशैलीमा जबरजस्त पसलहरु बन्द गराउँदै कुटपिट र तोडफोड गरिएको भन्दै औषधि तथा सर्जिकल व्यवसायीहरु विरोधमा उत्रेका छन् । सोमबार एक समूहले निषेधाज्ञामा पसले खोलेको भन्दै काठमाडौँको त्रिपुरेश्वारमा स्वास्थ्य सामाग्री खरिद बिक्री गरिरहेका व्यवसायीहरु माथि कुटपिट गर्नुको साथै पसलहरु तोडफोड गरेको थियो ।

गुण्डाशैलीमा सडकमा निस्किएको उक्त समूहले विहान ११ बजेदेखि २ सम्म मात्रै खोल्न पाइने भन्दै पसलहरु बन्द गराउँदै हिडेको थियो । सोही समूहले हिमालय सर्जिकल हाउसका संचालकमाथि हातपात समेत गरेको थियो ।

सरकारले स्वास्थ्य सेवालाई अत्यवश्कीय भन्दै आफूलाई पसल खोल्न भनेको तर केही व्यक्तिहरुले आफू खुशी पसल बन्द गराउने नाममा कुटपिट र तोडफोड गरेको बताउँदै उनीहरु विरोध उत्रिए ।

मंगलबार सर्जिकल एसोशिएसनको अगुवाईमा व्यवसायीहरु विरोधमा उत्रेका हुन् । सरकारले नभन्दासम्म कुनै व्यक्ति वा समूहको स्वार्थमा आफूहरु पसल बन्द नगर्ने भन्दै व्यवसायीहरुले २४ सै घण्टा पसल खोल्ने चेतावनी दिए ।

व्यवसायीहरुले विरोध प्रदर्शनस्थलमा पुगेको प्रहरीले पसलहरु खोल्न आग्रह गरेको थियो । स्वास्थ्य सामाग्री अत्यवश्कीय सेवा भएको भन्दै प्रहरीले माइकिङ गरेर पसलहरु खोल्न आग्रह गर्दै सरकारले सुरक्षा दिने बताएको थियो । त्यसपछि विरोध गर्दै बन्द गरिएका सर्जिकल व्यवसायीहरुले त्रिपुरेश्वरका पसलहरु खोलेका थिए ।

केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन (केमसान) आवद्ध केही व्यवसायीहरुको योजनामा पसल बन्द गराउन खोजेको आरोप व्यवसायीहरुले लगाएका छन् । त्रिपेश्वरका पसलहरु खुले आफ्नो थोक व्यापार घट्ने भन्दै उनीहरुले टोले गुण्डा लगाएर बन्द गर्न लगाएको एक व्यवसायीले आरोप लगाए । केमसानका पदाधिकारीकै योजनामा पसलहरु बन्द गर्ने प्रयास गरेको व्यवसायीको आरोप छ । त्रिपुरेश्वार क्षेत्रका अरु पसलहरु बन्द गरिए स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्न पाइने भएकोले उनीहरुले स्थानीय युवाहरुलाई प्रभावमा पारेको आरोप एक व्यवसायीले लगाए ।

यसअघि सोही क्षेत्रमा रहेको ओम सर्जिकल राजस्व विभागले सिल गरेको थियो । स्वास्थ्य सामाग्रीमा करछलि गरेको भन्दै विभागले सम्पूर्ण कागजपत्र जफत समेत गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal