
काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट सबैभन्दा बढी अमेरिकामा कोरोनाबाट १ लाख ८४ हजारसहित बिश्वभर ८ लाख ३५ हजारको निधन भएको छ । बिश्वभर कोरोना संक्रमित हुनेहरुको सङख्या करिब २ करोड माथि पुगिसकेको छ ।
आज बिहानसम्म वर्ल्डोमिटर्सको तथ्यांकअनुसार विश्वभरमा कोरोनाबाट निधन हुनेको संख्या ८ लाख ३५ हजार ६ सय २७ पुगेको छ भने बिश्वभर संक्रमितको संख्या २ करोड ४६ लाख २५ हजार १ सय ४९ पुगेको छ ।
हालसम्म अमेरिका कोरोना संक्रमित सबैभन्दा धेरै रहेको छन् । मात्र कोरोनाका अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ८४ हजार ७ सय ९६ जनाको निधन भईसकेको छ । गएको २४ घण्टामा अमेरिकामा ४५ जार ७०६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १२५ जनाले ज्यान गुमाएका थिए ।
अमेरिकापछि बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३७ लाख ६४ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ९७० जनाको निधन भएको थियो ।
त्यस्तै छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या अत्याधिक बढिरहेको छ । भारतमा निधन हुनेको सङख्या ६४ हजार ६९४ पुगेको छ । भारतमा हिजो मात्र ७६ हजार ८२६ जना नयाँ संक्रमित थपिए थिए । भारतमा कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५७५ पुगिसकेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट निधन हुनेको संख्या १ लाख १८ हजार ७ सय २६ पुगेको छ भने संक्रमितको संख्या ३७ लाख ६४ हजार ४ सय ९३ पुगेको छन् ।
त्यस्तै कोरोना भ्याक्सिन बनाएर परिक्षण गरिरहेको देश अर्को देश रसियामा कोरोनाबाट १६ हजार ८ सय ४ जनाको निधन भएको छ । त्यहाँ संक्रमितको संख्या ९ लाख ७५ हजार ५ सय ७६ पुगेको छ ।
हाल सम्म यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ७० लाख ९३ हजार २ सय ८८ जना उपचारपछि निको भएका छन् । गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट बिश्वको धेरै मानिसहरुको जनजिवन प्रभाबित बनेको छ भने धेरै देशका मानिसहरु यतिखेर लकडाउनमा बसिरहेका छन् ।