आज :

नेपालमा कोरोनासँग जित्नेको संख्या २० हजार नाघ्यो, सक्रिय संक्रमित १५ हजार बढी

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणसँग जितेर घर फर्किनेको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप ५६९ जनाले कोरोनामुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विहीबारसम्म कुल ३५ हजार ५३९ संक्रमितमध्ये २० हजार ७३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब विहीबार दिउँसोसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

नेपालमा अहिले ४५ भन्दा बढी जिल्ला निषेधाज्ञा जारी छ । तर, कोरोना संक्रमण बढिरहेकोले विज्ञहरुले चिन्त व्यक्त गरेका छन् । निषेधाज्ञा जारी भएकैबेला विहीबार काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७० जनामा कोराना संक्रमण भएको छ । त्यस्तै, ललितपुरका ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण गर्न निषेधाज्ञामा जारी गरिएपनि झनझन संक्रमण फैलिन थालेपछि राजधानीबासी चिन्तित भएका छन् ।

विहीबार देशभर थप १ हजार ११ संक्रमित थपिएक छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ ।

त्यसैगरी नेपालमा विहीबार साँझसम्म ९ जनाको कोरोनाबाट ज्यान गएको छ । दिउँसो स्वास्थ्य मन्त्रलायले ८ जनाको निधन भएको पुष्टि गरेको थियो । मन्त्रालयका प्रवक्ता गौतमले विहीबारसम्म १८३ जनाको निधन भएको जानकारी दिएका थिए ।

यसैबीच झापा र मोरङमा एकएक गरी थप २ जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक महिला र एक पुरुषको निधन भएको हो ।

प्रतिष्ठानका अनुसार झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ८३ वर्षीय पुरुषको शुक्रबार विहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे निधन भएको हो ।

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषलाई बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट प्रतिष्ठानमा रिफर गरेको थियो । उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा थपिएको थियो ।

त्यसैगरी भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएकी मोरङकी ५६ वर्षीया महिलालाई कोशी अञ्चल अस्पतालले रिफर गरेको थियो । उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal