
कठमान्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७७ सहित देशभर थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाकाे काठमाडौमा मात्र २७० संक्रमण जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । अाजै मात्र ललितपुरमा पनि अहिलेसम्मकै उच्च ६६ जना कोरोना संक्रमित थपिएका छन्। भक्तपुरमा पनि ४१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रा.डा. गौतमले जानकारी गराए ।
मन्त्रालयका अनुसार बिहीवार कोरोना संक्रमणबाट थप ८ जनाको ज्यान गएको छ । ज्यान जानेमा पाँच जना महिला र तीन जना पुरूष रहेका छन् । कोरोनाबाट ज्यान गुमाउने ललितपुरका ६५ वर्षीया १जना, बाराका २३ वर्षीया १ जना, कास्कीका ३२ वर्षीया १ जना, रुपन्देही र बाँकेका ७० वर्षीया १ एकजना महिला रहेका छन् ।
त्यसैगरी काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १८३ जनाको ज्यान गएको पुष्टि भएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमूना परीक्षण गर्दा ३३४ जना महिला र ७७७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ हजार ६२९ ओटा पीसीआर परीक्षण गरिएको छ ।कुल पीसीआर परीक्षण संख्या ६ लाख ४७ हजार ८८१ पुगेको छ भने हाल क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।
त्यसैगरी हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।यस्तै हाल सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ भने ५०० भन्दा बढी संक्रमित हुने जिल्लामा बिहीवार ललितपुर पनि थपिएको छ ।हल देशभर सक्रिय सङ्क्रमितको संख्या १५ हजार २७३ छ।
यसअघि भदौ ४ गते र हिजो ११ जनाको ज्यान गएको थियो । त्यसैगरी बसधबार थप ८८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । बुधवार थपिएका सङ्क्रमितमध्ये काठमाण्डौं जिल्लाका मात्र २३० जना थिए भने उपत्यकामा ३०१ जना रहेका थिए । अवधिमा ३८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए ।