
काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक हजार ११ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारीअनुसार काठमाडौँ उपत्यका गरी देशभर नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
त्यसैगरी विहीबार उपत्यकामा १ सहित देशभर ८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । देशभरबाट थप ५६९ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ ।