
काठमान्डौं । काठमान्डौंमा तरकारीको मुल्यमा दोब्बर बृद्धि भएको छ । निषेधाज्ञापछि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको बढ्यै छ । बिचौलियाका कारण वास्तविक किसानले आफ्नो उत्पादनको मुल्य नपाउने तर उपभोक्ताले चर्को मुल्य तिरेर किनिरहेको उपभोक्ताहरुले बताउदै आएको छन् ।
अभावको बेला काठमान्डौमा किसानसँग सस्तोमा तरकारी किनेर उपभोक्तालाई दोब्बर महंगोमा बेच्ने व्यापारीहरु बढिरहेका छन।
उपभोक्ता जनस्तरबाट दोब्बर महङगीको गुनासो आउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मगलबार बजार अनुगमन गर्न थालेको थियो ।
अनुगमनमा विभागका महानिर्देशक र निर्देशकहरुको टोली आफैं तरकारीको अनुगमनमा निस्केको थियो। त्यस्तै बिहीबार विभागबाट १५ वटा अनुगमन टोली खटिएर दर्जनभन्दा बढी स्थानका ५० भन्दा बढी तरकारी पसलको अनुगमन गरेको छ।
‘काठमाडौं उपत्यकाका लेले, बालकोट, कागेश्वरी मनहरा, जोरपाटी, महाराजगंज, बसुन्धारा, चाबहिल, कलंकी, कीर्तिपूर, कुसुन्ती, सामाखुसी, मुलपानीलगायत स्थानमा अनुगमन भएको थियो ।
अनुगमनले तराई लगायत जिल्लाबाट आएको तरकारी महंगो तर अरु सामान्य नै रहेको अनुगमनको निष्कर्ष निकालेको छ ।
यसअघि पनि सोमबार उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट बजार अनुगमनमा गरेका थिए । मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले सोमबार विहानै कालिमाटी र बल्खु तरकारी बजारको अनुमगन गरिएको बताएका िथए । सो क्रममा मन्त्री भट्टले तरकारी बजार व्यवस्थापन समितिका पदाधिकारीलाई तरकारीको कालोबजारी, मूल्यवृद्धि रोक्न भिडभाड नहुने गरी बिक्री वितरण गर्न र सुरक्षा मापदण्ड र आपूर्ती व्यवस्थान सम्बन्धी निर्देशन समेत दिएका िथए ।
विहानै भिडभाड तथा व्यस्त हुने कालिमाटी र बल्खु तरकारी बजारमा मन्त्री पुगेको जानकारी पाएपछि व्यवसायीहरु सकर्त भएका थिए । अब अन्य ठाउँमा पनि नियमित बजार अनुगमन हुने र कालोबजारी, मूल्यवृद्धि, सुरक्षा मापदण्ड पूरा नगरेको पाइएमा कारवाही गरिने मन्त्री भट्टको सचिवालयले जनाएको छ ।
तर अभःै निषेधाज्ञाको वहानमा व्यवसायीहरुले तरकारीमा २ सय गुणबढी मूल्यवृद्धि गरेको, खाद्यान्नमा पनि कालोबजारी, कृतिम अभाव र मूल्यवृद्धि भएको भन्दै उपभोक्ताले गुनासो गरिरहेको उपभाेत्तःाले बताइ रहेकाे छन् ।
त्यसपछि पनि खाद्यान्न र तरकारीको चर्को मूल्य बृद्धि र किनमेलमा भिडभाड भएको जानकारी भएपछि बिभागले मगलबार बजार अनुगमनमा गरेको हो ।