आज :

जनता कोरोनाले मर्दैछन्, सत्तारुढ नेकपामा मन्त्रीको लागि यस्ताे किचलो

काठमान्डौं । सत्तारुढ (नेकपा) भित्र मन्त्रीको लागि आन्तरिक छलफल सरु भएको छ । सचिवालयका कुन नेताले कति कोटा पाउने र को को मन्त्री हुने भन्ने विषय आन्तरिक किचलो सुरु भएको छ ।

सत्तारुढ नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शनिबार बस्ने भनिएको बैठकमा मन्त्रि हेरफेरलगायतका बिषयमा छलपल हुने भएपछि सत्तारुढ नेकपाका नेता कार्यक्रता यतिखेर आन्तरिक छलफलमा छन् । यता भने जनता कोरोनाले दिनदिनै सक्रमित बढिरहेकोतथा ज्यान गुमाईरहेको छन् ।

यतिखेर पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई अन्तिम रुप दिई निर्णय प्रक्रियामा लगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको सुझावलाई अन्तिम रुप दिई निष्कर्षमा पुर्याइनेछ । । नजिकै आउन लागेको महाधिवेशन र आउँदो चुनावमा आफुलाई सहज हुने किसिमले ओलि र दाहालले मन्त्रि छान्ने तयारीमा लागेको छन् ।

प्रधानमन्त्रि ओलि पुरै सेट परिवर्तनको तयारीमा छन् । आफुलाई सहज हुने गरी मन्त्रि राख्ने बाँकी सबै बिदा गरिदिने पक्षमा छन् । ओलीले असजिलो परिस्थितिमा साथ दिने तर सांसद अपहरण प्रकरणमा मुछिएका महेश बस्नेत र कृष्णलाल श्रेष्ठलाई पनि त्यस्तै बामदेव गौतमलाई उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालय दिने चर्चा पनि छ ।

त्यस्तै यता दाहाल जर्नादन शर्मा र पम्फा भुषाल लगाएतलाई अगाडि बढाउन खाजेको छन् । देव गुरुङले लाई पनि अगाडि सार्ने पक्षमा छन् ।
त्यसै गरी माधव नेपालले भीम रावल, गोकर्ण बिष्ट र कृष्णलाल महर्जनलाई मन्त्रि दिन लागि परेको छन् । झलनाथ खनाल र माधव नेपाल दुवैले सुरेन्द्र पाण्डेलाई अघि सार्ने पक्षमा छन् । यसरी नेकपाभित्रको ३ गुटले आआफ्नो पक्षधरलाई मन्त्रि बनाउन दौडधुप गरिरहेका छन् ।

यसैबिच आज बिहान मात्रै कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५ जनाको ज्यान थएको छ । ललितपुर, पर्सा, बारा, कपिलवस्तु र कास्कीका १–१ जना गरी पाँच जनाको ज्यान गएको हो ।

ललितपुर ग्वार्कोस्थित किस्ट अस्पतालमा एक जना कोरोना संक्रमितको निधन भएको छ । त्यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको निधन भएको छ । बारामा एक गर्भवती महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

यसैगरी पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनदिनै अत्याधिक बढिरहेको छ । हिजो बुधबार थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११ जनासहित नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको जानकारी गराएको थियो । आज बिहान समेत गरी नेपालमा कोरोनाबाट अहिले सम्म ज्यान गुमाउनेको संख्या १८० पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal