आज :

बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास पत्ता लगाएको जापानकाे दाबी

काठमाडौं । जापानले कोरोना भाइरसको प्रभावलाई निष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जापनले बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास पत्ता लगाएको दाबी गरेको छ । जापनको बैज्ञानिकहरुले ओजोन ग्यासको मद्दतबाट कोरोना भाईरस नष्ट हुने भनाई सार्वजनिक गरेको हुन् ।

जापानको अनुसन्धानकर्ताले यो ग्यासले कोरोना भाइरस नष्ट गर्ने दाबी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बैज्ञानिकहरुको भनाइ रहेको छ । त्यस्तै अनुसन्धानकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ ।’

जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व भएको ओजोन ग्यास बाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबि गरेकाे छन् ।

यस अघि रुसले साइडइफेक्ट नभएको कोरोना विरुद्ध ‘एपी–भ्याक’ नामक प्रभावकारी भ्याक्सिन बनाएको सार्वजनिक गरेको िथयाे । यसअघि नै कोरोनाविरुद्ध पहिलो भ्याक्सिन बनाएर बिश्वलाई खुसीको खबर दिएको रुसले तयार गरेको दोस्रो खोप थप प्रभावकारी, सुरक्षित र साइडइफेक्ट पनि नरहेको बताएको थियो ।

यो भ्याक्सिनको उत्पादन अक्टुबरदेखि नोभेम्बरसम्ममा हुन सक्ने रुसी अधिकारिहरुले बताएको छन् । त्यस्तै द्रोस्रो भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने पनि उनिहरुले बताएको छन् ।

भ्याक्सिन ५७ जना भोलिन्टिरयमाथि परीक्षण गरिएको र कसैमा पनि यसको दुष्प्रभाव नभएको र अहिलेसम्म कसैमा पनि नकारात्मक प्रभाव नभएको रुसी वैज्ञानिकहरूले बताएका थिए । भ्याक्सिनले १४ देखि २१ दिनको अन्तरालमा दुई इन्जेक्सन दिएपछि एउटा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्नु रहेको पनि बैज्ञानिकहरुले बताएको छन् । यसअघि चीनले पनि खोप मानिसमा सफल परीक्षण गरिसकेको छ । अहिले चीनले कोरोनाको खोप उत्पादन गरिरहेको बताएका छ ।

त्यस्तै यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाले पनि कोरोना विरुद्धको खोप बनाएको दाबी गरेपनि मानिसहरुमा दिन भने सकेका छैनन् । अमेरिकाले भने कोरोना विरुद्धको ल डाइँमा सफलता प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal