आज :

बिहीबार विहानै कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५ जनाको ज्यान थएको छ । ललितपुर, पर्सा, बारा, कपिलवस्तु र कास्कीका १–१ जना गरी पाँच जनाको ज्यान गएको हो ।

ललितपुर ग्वार्कोस्थित किस्ट अस्पतालमा एक जना कोरोना संक्रमितको निधन भएको छ । अस्पतालका अनुसार भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएर उपचाररत ५५ वर्षीय पुरुषको विहीबार निधन भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि भदौ ७ गते भर्ना गरिएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरी कोरोना परीक्षण गराउँदा रिपोर्ट पोेजेटिभ आएको अस्पतालले जनाएको छ ।

त्यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको निधन भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाका अनुसार भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुको जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको राति उपचारका निधन भएको हो ।

बारामा एक गर्भवती महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय गर्भवती महिलाको कोरोनाबाट निधन भएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा निधन भएको छ । हिजो मात्रै कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो ।

अस्पतालमा राखेर उपचार गर्दा पनि ज्वरो, पखाला र स्वास्प्रश्वासमा समस्या देखिएको थियो । उनको विहान साढे ६ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।

यसैगरी पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । वीरगञ्ज–१४ का ६२ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा आज निधन भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणबाट पर्सामा ४५ जनाको ज्यान गइसकेको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८० पुगेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले बुधबारसम्म कोरोनाबाट १७५ जनाको ज्यान गएको पुष्टि गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal