आज :

कोरोना संक्रमणबाट नेपालमा १७५ जनाको ज्यान गयो, संक्रमितको संख्या ३४ हजार ११८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११ जनासहित नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमका अनुसार उपत्यकामा २ जनाले ज्यान गुमाएका छन् । गौतमका अनुसार ज्यान गुमाउनेमा ११ पुरुष र दुई महिला रहेका छन् ।

भक्तपुरमा ५३ वर्षीय र मोरङमा ४६ वर्षीय महिलाको कोरोनाका कारण ज्यान गएको छ । त्यसैगरी काठमाडौँ ५१ वर्षीय पुरुषको पनि ज्यान गएको छ । आज एकै दिन कैलालीमा दुई जनाको ज्यान गएको छ । कैलाली प्रहरीका अनुसार पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेमा ३७ वर्षीय पुरुष, बारामा ४१ र ४६ वर्षीय पुरुषको ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ३०२ सहित पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जनाले कोरोना जितेर घर फर्किएका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८, प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेको मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal