
काठमानडौं । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।
अाज देशभर थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।
नेपालमा कोरना भाइरसको संक्रकमणबाट थप ११ जनाको निधन भएको छ । ३ महिला र ९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको। मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमकाले बताए ।
मन्त्रालयका अनुसार आज १३ हजार २५३ जनाको पीसीआर परीक्षण भएको हो । आज ३८५ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ। १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्।
जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमकाले बताए ।