
काठमाडौं । आज उपत्यका एक जनासहित कोरोनाबाट थप ४ जना कोरोना संक्रमितको निधन भएको छ । बुधबार उपत्यकाको भक्तपुर, बारामा र महोत्तरी गरी ४ जनाको निधन भएको छ ।
उपत्यकामा निधन हुनेमा भक्तपुर सुर्यविनायक–८ का ५५ वर्षीय पुरुषका हुन् । ती पुरुषको मंगलबार राती निधन भएको हो । धुलिखेल अस्पतालमा उपचारका क्रममा उनमा मुटु र थाईराईडबाट पीडित भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी बारामा २ जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा निधन भएको छ । उनिहरु कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका हुन् । ती २ जनाको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
त्यस्तैगरी महोत्तरीको विराटनगरमा १ जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा निधन भएको छ । टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका ६० वर्षीय ती पुरुषको मंगलबार राति ११ बजे विराटनगरको न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उनि भेन्टिलेटरमा उपचाररत थिए ।
यसैबिच मगलबार स्वस्थ्य मन्त्रालयले नेपालमा थप ७ जनाको ज्यान गएको बताएको थियो । काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जनाको कोरोनाका कारण ज्यान गएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हिजो १६४ पुगेको थियो ।