आज :

अदालतकाे आदेश लत्याउदै नेकपाका नेता वीरजङ पुनः समातिए

काठमान्डौं । नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई सबोच्च अदालतले थुनामुक्त गर्न दिएको आदेश लत्याउदै प्रहरीले बिना कारण परिसरबाटै पुनः गि’रफ्तार छ ।मंगलबार वीरजङ्गलाई बन्दी बनाउनुपर्ने स्पष्ट कारण नखुलेको भन्दै वीरजङ्गलाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर रिहा हुनेबितिक्कै मुद्दा रहेको भन्दै प्रहरीले नेता वीरजङ्गलाई प्रहरीले अदालतको गेटबाटै पुनः गिरफ्तार गरेको हो ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै मंगलबार बन्दी बनाउनुपर्ने स्पष्ट कारण नखुलेको भन्दै वीरजङ्गलाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर रिहा हुने बितिक्कै मुद्दा रहेको भन्दै प्रहरीले नेता प्रहरीले पुनः गिर’फ्तार गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको इजलासले रिहाइको आदेश दिएको हो ।

अदालतमा भएको बहसमा नेता वीरजङ्गका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कान्तिराम ढुङ्गाना, सन्तोष भण्डारी, लक्षीनानी थापा र चूडाबहादुर निरौलाले बहस गरेका थिए ।

अदालतले स्पष्ट आधार र कारणबिना प्रवृत्त भावनाले केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने वा धरौटी दिन नसकेको भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएको भन्दै रिहाइको आदेश दिएको थियो ।

यसअघिने पनि सर्वोच्च अदालतमा गैरकानुनी रूपमा कारागार चलान भएको भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेपछि सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालत भोजपुरले नेता वीरजङ्गलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

गत असोज ३० गते वीरजङ्गसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले बैठक दाङबाट गि.रफ्तार गरेको थियो । अन्य २० जना भने अदालतको आदेशमा यसअघि नै रिहा भैसकेका छन् ।

नेकपाका महासचिव विप्लवका दाजु समेत रहेका नेता वीरजङ्गलाई भने दाङ देउखुरी अदालतले रिहाइको आदेश दिएपनि अर्को मुद्दा बाँकी रहेको भन्दै गिर.फ्तार गरेर काभ्रे पुर्याइएको थियो ।

त्यस्तै जिल्ला अदालत काभ्रेले पनि रिहाइको आदेश दिएलगत्तै प्रहरीले पुनः गि रफ्तार गरी उनलाई भोजपुर पुर्याएको थियो । भोजपुरमा प्रहरी हिरासतमा रहेको बेला उनलाई यातना समेत दिइएको पारिवारिक स्रोतले बताएको छ ।

तर भोजपुरबाट रिहा हुनेबितिक्कै सङ्खुवासभामा हातहतियार तथा साङ्गठनिक अपराधसम्बन्धी मुद्दा रहेको भन्दै प्रहरीले नेता वीरजङ्गलाई पुनः गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal