आज :

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ता थप, झन कडाई

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले एकहप्ता थप्ने निर्णय गरेसँगै भदौ १७ गतेसम्मको निषेधाज्ञा जारी रहने भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासन जारी गरेको निषेधाज्ञा आज रातिबाट सकिने लागेको थियो । निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेर गृहमन्त्रालयमा सिफारिसको गरेको एक अधिकारीले बताए ।

गृहले बैठकको सिफारिस स्वीकृत गरेपछि अब भदौ १७ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए ।

निषेधाज्ञा जारी गएको एक हप्ता पुग्दा पनि काठमाडौँमा कोरोना नियन्त्रण आउनुको साटो झनझन तीब्र रुपमा संक्रमण मंगलबार काठमाडौँमा अहिलेसम्मकै धेरै १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३ जनाको ज्यान गएको थियो । काठमाडौँका १९९ सहित उपत्यकामा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार भक्तपुरमा १४ र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौँ प्रवेश गर्ने नाका बन्द गरिएका भएपनि कोरोना समुदायमा पुगेकोले संक्रमितको संख्या बढिरहेको छ ।

त्यसैगरी देशभर मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

त्यसैगरी काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जनाको कोरोनाका कारण ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

बितेको २४ घण्टामा ३१३ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या १९ हजार ११९ पुगेको छ । यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal