आज :

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
त्यसैगरी थप ७ जनाको ज्यान गएको छ । काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जनाको कोरोनाका कारण ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

त्यसैगरी बितेको २४ घण्टामा ३१३ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या १९ हजार ११९ पुगेको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाई गरिएपनि संक्रमितको संख्या पनि बढ्दै गएको छ । मंगलबार काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal