
काठमान्डौं । सामाजिक सन्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ति गर्नुपर्ने माग उठेको बेला चर्चित लेखक बुद्धिसागरले चाहिने कुलमान नै हो । चाहिएको पनि कुलमान नै हो भनेका छन् । उनले टवाट् गदै भनेका छन् । ‘ लकडाउनमा बाह्रचौध घन्टाको लोडसेडिङको कल्पनाले पनि रिङगटा चलेर आउँछ । चाहिने कुलमान नै हो । चाहिएको पनि कुलमान नै हो’
यसअघि भदौ १ गते भएको प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा आधिकारिक ट्रेड युनियनले समेत घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन माग गरेको थियो ।त्यस्तै प्रधिकरण्कै अधिकारीहरुले समेत ‘उहाँ जत्तिको काम गर्ने मान्छे अहिले प्राधिकरणका लागि उपलब्ध छैनन्,’ ‘केही कुरा सुधारेर अघि बढ्ने अठोट भयो भने कुलमान घिसिङ दोहोरिने सम्भावना नकार्न सकिँदैन ।’ भनिरहेको छन् ।
नेपाल विद्युत् प्रधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले ४ वर्षमा घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति गरेकाले बताउछन् ।प्रधिकरणकै कर्मचारीहरु भन्छन् ‘हामी कर्मचारीलाई ४ वर्षअघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । अहिले म प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाउने अवस्था छ । यो कुलमान घिसिङकै नेतृत्वमा सम्भव भएकाले कुलमान चाहिने बताउदै आएको छन् ।
घिसिङलाई दोहोर्याउन चौतर्फी माग भइरहे पनि दोस्रो कार्यकालका लागि उनी नियुक्त हुन्छन् या हुन्नन् यो भन्न सकिने अवस्था भने छैन । तर राम्रो काम गरे बाफत कुलमानको छबि निकै माथि उठेको प्राधिकरण्को केहि कर्मचारीहरुले बताएको छन् ।