आज :

निषेधाज्ञाको चौथो दिनः उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि, थप २ जनाको ज्यान गयो

काठमाडौं । आज कोरोना भाइरस नियन्त्रणको लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको चौथो दिन । आइतबार थप १६६ जनामा संक्रमण पुष्टि भएको छ भने २  जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको हो । तर, ज्यान गुमाउनेको मन्त्रालयले पुष्टि गर्न बाँकी छ । नियमित प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वार गौतमले थप ३ जनाको ज्यान गएको बताएका थिए ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र ह्याम्स अस्पताल मण्डिखाटारमा उपचार गराइरहेका एकएक जनाको कोरोना संक्रमितको ज्यान गएको हो । केन्द्रमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको ज्यान गएको ह‍ो ।

त्यसैगरी ह्याम्स अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुषको पनि ज्यान गएको छ । उनी पत्थरीको बिरामी रहेको र ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै शवको व्यवास्थापन नेपाली सेनाले गर्ने तयारी गरिरहेको छ ।

आजै रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको ज्यान गएको थियो । मन्त्रालयले काठमाडौका २ र बुटवलका २ जना जनाको पुष्टि गरेको छैन ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाका अनुसार मृतक दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ  ।

बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए।

मतक महिलामा मृर्गौला र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले झापा, पर्साका र सर्लाहीका थप तीन जनाको ज्यान गएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४९ पुगेको उनले बताएका थिए । काठमाडौं र बुटवलका ४ जना गरी कुल निधन हुनेको संख्या १५३ पुगेको छ ।

देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३१ पुगेको छ । हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal