आज :

(नेकपा)को विवाद मन्त्रिपरिषद् र प्रदेश सरकार हेरफेरमा टुंगियो, कोको बन्दैछन् नयाँ मन्त्री ?

काठमाडौं । आन्तरिक विवाद मिलाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको छ । कार्यदलले शनिबार साँझ दुबै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामालाई थाति राख्ने, सरकार ओलीले चलाउने र पार्टी अर्का अध्यक्ष प्रचण्डले संचालन गर्ने, चैत्रमा महाधिवेशन गर्नेसहितका सुझाव समेटेर प्रतिवेदन तयार गरेको छ । त्यस्तै, सैद्धान्तिक विवादलाई महाधिवेशनमा टुंगो लगाउने सर्वसम्मत सुझाव दिएको छ ।

प्रतिवेदनमा सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारमा हेरफेर गर्न सुझाव समेटिएको छ । कार्यदलका एक सदस्यलाई उदृत गर्दै स्रोतले दिएको जानकारीअनुसार केन्द्रीय समितिको मागलाई पनि अहिलेलाई थाति राखेको छ । कोरोना सहज भएपछि केन्द्रीय समिति बैठक बोलाउने भनिएको छ ।

“पार्टीलाई फुटबाट बचाउन बीचको बाटोलाई अपनाइएको छ । प्रधानमन्त्रीको राजिनामालगायतका विषयलाई थाति राखिएको छ । एक अध्यक्ष सरकारले चलाउने र अर्को अध्यक्षले पार्टी, चैत्रमा महाधिवशन बोलाउने र सैद्धान्तिक विषयको टुंगो त्यतिबेला नै लगाउने भन्नेमा हामीले सुझाव दिएका छौं । त्यसैगरी सरकारको प्रभावकारीता बढाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकार हेरफेर गर्ने सुझाव दिएका छा्रैं” एक सदस्यलाई उदृत गर्दै स्रोतले भन्यो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष प्रचण्ड र नेताहरु माधव कुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले राजिनामा मागेका थिए । पार्टीको सचिवालय बैठकमा कुरा नमिलेपछि विवाद स्थायी समिति बैठकमा लगिएको थियो । त्यहाँ पनि कुरा नमिलेपछि विवाद चर्किदै गएको थियो । स्थायी समितिमा ओली अल्पमतमा परेपछि बैठकमा आउन छोडेका थिए । अधिकांश स्थायी समिति सदस्यले राजिनामा माग्न थालेपछि ओलीले एकलौटी रुपमा बैठक स्थगित गरेका थिए । त्यसपछि विवाद झन् बढेको थियो । प्रचण्ड–नेपाल समूहले ओलीले पार्टी फुटाउने प्रयास गरेको आरोप लगाएका थिए । ओलीले आफूविरुद्ध जे गर्न सकिन्छ त्यही गर्न भन्दै कार्यकर्तालाई सडकमै उतारे ।

एकता प्रक्रियालाई नटुंग्याउँदै फुटको डिलमा पुगेको (नेकपा)लाई दोस्रो पुस्ताका नेताहरुको पहलमा जोगिएको छ । दोस्रो पुस्ताका नेताहरुकै पहल र सुझावमा कार्यदल बनाएर विवादको टुंगो लगाउन ओली र प्रचण्ड सहमत भएका थिए ।

विवादलाई टुंगो लगाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, पम्फा भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेलको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा ओली, प्रचण्ड र नेपाल समूहबाट दुईदुई जना सहभागी थिए ।

कार्यदलले पार्टीको विवाद प्राविधिक रुपमा तत्काललाई समाधान गरेको छ । हुन त ओली र प्रचण्डबीच भएको सहमतिअनुसार नै कार्यदल बनाइएको थियो । तर पनि कार्यदलले सैद्धान्तिक कुरा अहिले गर्न नपाइने सुझाव दिएर दुई अध्यक्षबीचको विवादलाई प्राविधिक रुपमा समाधान गरेको छ ।

धेरै पहिलेबाट पटकपटक मन्त्रिपरिषद् र प्रदेश सरकार पुर्गठन तथा फेरबदलको चर्चा चल्दै आएको थियो । कार्यदलले पनि विवाद समाधानको उपायको रुपमा यसलाई प्राथमिकताका साथ प्रतिवदेनमा समेटेपछि अब मन्त्रिपरिषद्हरु र प्रदेश सरकार फेरबदल हुने पक्कापक्की जस्तै भएको छ । तत्काललाई (नेकपा)को विवाद मन्त्रिमण्डल र प्रदेश सरकार फेरबदलमा टुंगिएको छ ।

कार्यदलमा सहभागी ६ जनामध्ये धेरैलाई मन्त्री बनाउने तयारी भइरहेको नेताहरुले बताउने गरेका छन् । नयाँ मन्त्रीमा भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डेको नाम चर्चामा छन् । त्यस्तै शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाएर संघीय मन्त्री बनाउने पनि तयारी भइरहेको बताइन्छ । ओली, प्रचण्ड र नेपाल समूहबाट एकएक जना नयाँ मन्त्री बनाउने तयारी भइरहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal