आज :

निषेधाज्ञाको तेस्रो दिनः उपत्यकामा अहिलेसम्मकै धेरै २१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज तेस्रो दिन भएको छ । कोरोना नियन्त्रण हुनेभन्दा दिनदिनै फराकिलो अंकले संक्रमण बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको अध्यवधिक विवरणअनुसार उपत्यकामा अहिलेसम्मकै धेरै २१६ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना गरी उपत्यकामा २१६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् । यसैगरी कोरोनाबाट नेपालमा १४६ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो पटक सुरक्षाकर्मी त्यो पनि प्रहरीमा कोरोना संक्रमण फैलिँदै गएको छ । सामुहिक रुपमा बसेर नियमित डिउटी गर्ने मात्रै होइन नेताहरुको सुरक्षामा खटिएका प्रहरीमा पनि कोरोना संक्रमण फैलिँदै गएको छ । शनिबार मात्रै पूर्वप्रधानमन्त्री तथा (नेकपा)का नेता माधव कुमार नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो । तीन दिन अघिमात्र त्यही गणका १६ जना सशत्र प्रहरीमा संक्रमण देखिएको थियो ।

शनिबार मात्र कास्कीमा १६ संक्रमित थपिएका छन् । कन्ट्याट ट्रेसिङ गर्दा १० जना नयाँ संक्रमित पुष्टि भएका छन् भने ६ जना प्रहरी, मालपोत र बैंकका कर्मचारी छन् । मालपोत कार्यालय, कास्कीका एक, बैंक अफ काठमाडौंका एक जना र गरिमा विकास बैंकका कर्मचारीको पारिवारका एक सदस्यमा सक्रमण पुष्टि भएको छ । यससँगै पोखरामा संक्रमितको संख्या २५९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal