आज :

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको तेस्रो दिनः खाने कुरा खोज्दै बाँदर सडकमा

काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको आज तीन भएको छ । अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरिएका छन् । तीन महिनाको लकडाउन पछि केही मात्रै सडकमा गाडी गुडेका थिए । अहिले फेरि काठमाडौँ उपत्यकाका सडक सुनसान छन् ।

सडकमा फाट्टफुट्ट एम्बुलेन्स, सुरक्षाकर्मीका गाडी, संचार, खानेपानी, औषधि, दमकल मात्रै कुदेका छन् । सधैं जाम हुने काठमाडौँका चोक पनि सुनसान छन् ।

सडक सुनसान भएपछि बाँदरको मनपरी भएको छ । मानिसका दैनिक क्रियाकला बन्द भएपछि बाँदरले पनि खान पाएका छैनन् । पशुपति, स्वयम्बुलगायतका क्षेत्रमा मानिसहरुका चाहलपहल निकै बाक्लो हुने र मन्दिरमा चडाइएका फलफल र प्रसाद खाएर छाक टार्ने बाँदर अहिले खानाको खोजी गर्दै सडकमा निस्केका छन् । काठमाडौँका मन्दिरमा चैत्रबाट पूजाका काम रोकिएका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट शुक्रबार मात्रै काठमाडौँ उपत्यकामा थप २०५ जनामा संक्रमण पुष्टि भएको थियो । उपत्यकाका र बाहिरबाट उपचारका लागि ल्याइएको कोरोनाका बिरामीले गर्दा अस्पताल भरिएका छन् । आइसियु र भेन्टिलेटर खाली छैनन् । निजि अस्पतालले ठूलाबडा, पैसावाल र चिनजानकालाई मात्रै उपचार गर्दै आएका छन् । सुरुमा अस्पतालमा पुर्याउँदा कोरोनाको लक्षण भए निजी अस्पतालहरुले भर्ना नै नलिने गरेको गुनासो पनि सार्वजनिक भइसकेकै छन् ।


शनिबार विहानसम्म आउँदा नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबा‍र दिएको जानकारीअनुसार
कोरोना भाइरसको संक्रमणबाट नेपालमा १ सय ४१ जनाको ज्यान गएको छ । मन्त्रालयका प्रवका डा.गौतले १३७ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिए । तर शनिबार विहानसम्म आइपुग्दा ज्यान गुमाउनेको संख्या १४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । शुक्रबार मात्रै काठमाडौँ उपत्यकामा २०५ जनासहित देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी शुक्रबार थप २५० जनाले कोरोना जितेर घर फर्किएका छन् । शुक्रबारसम्म कोरोना जित्नेको संख्या १८ हजार २१४ पुगेको छ । त्यस्तै शुक्रबारसम्म संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वार गौतमले जानकारी दिए ।

  • फोटोः इमान सिंह बटाला

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal