आज :

अबको दुई वर्षमा कोरोना महामारी अन्त्यः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबको दुई वर्षसम्म कोरोना भाइरस महामारी अन्त्य हुन सक्ने बताएको छ । ब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताए ।

समाचार एजेन्सीहरुका अनुसार शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको बताए । उनले अहिलेको प्राविधिक रूपमा बढी सबल भएको अवस्थामा यो अझ चाँडो नियन्त्रणमा आउन सक्ने पनि बताए ।
कोरोना घुलमिलका कारण फैलिने भएपनि अहिले प्रविधि र ज्ञान पहिले भन्दा बढी भएका कारण नियन्त्रणमा आउने डा. टेड्रोसले बताए ।
महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) जस्ता स्वास्थ्य सुरक्षा सामग्रीसँग सम्बन्धित भ्रष्टाचारलाई घोर अपराधको संज्ञा पनि दिए । उनले यस्ता भ्रष्टाचार आफ्ना लागि ह.त्या सरह नै भएकाले कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य नहुने पनि टेड्रोसले बताए ।

हालसम्मका कोरोनाका कारण विश्वभर करिब ८ लाख मानिसले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन् । सन् १९१८ को स्प्यानिश फ्लूका कारण ५ करोड बढीले ज्यान गुमाएको बताइन्छ ।

यसैबीच विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ८ लाख पुगेको छ । जन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसबाट मर्नेको संख्या ७ लाख ९९ हजार बढी पुगेको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसा विश्वभर कोरोनाबाट २ करोड २८ लाख बढी मानिसहरु संक्रमित भएका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या ५६ लाखभन्दा बढी रहेका छन् भने १ लाख ७५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ३५ लाख ३२ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ १ लाख १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तेस्रो स्थानमा भारतमा २९ लाख बढी संक्रमित रहेका छन् ।

भारतमा भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार नाघिसकेको छ । कोरोनाबाट ज्यान गुमाउनेको आधारमा भने मेक्सिको तेस्रो स्थानमा छ । त्यहाँ ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal