News Portal

  • दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा भन्दै छन् ‘त्यो तिमि हौ’

    डबली संवाददाता२०७७ भदौ ६ गते
    ५३५ पटक

    काठमान्डौं । ‘त्यो तिमि हौ’ गित सार्वजनिक भएको छ । गितको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्माले अभिनय गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । मिलन चाम्सको निर्देशनमा बनेको भिडियो दमदार छ ।


    महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायाँकन,प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् ।

    गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखि सकेकी छन् ।

    भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    प्रतिकृया दिनुहोस्