आज :

कोरोना संक्रमणबाट नेपालमा १४१ जनाको ज्यान गयो, १२ हजार १३२ संक्रिय संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा १ सय ४१ जनाको ज्यान गएको छ । पर्सामा २ जना, काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान, धनुषा र सर्लाही र सप्तरीका एक–एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार ११ सहित ज्यान गुमाउनेको संख्या १३७ पुगेको बताएको थियो । तर, पर्साका दुई र धनुषाका एक जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

पर्साका २ जना र धनुषाका एक जनामा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ । काठमाडौं महानगरपालिका–४ का ७६ वर्षका पुरुषको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, ललितपुरको लुभु–१४ का ८६ वर्षका पुरुषको हृयाम्स अस्पताल, दोलखाकी ३० वर्षीया महिलाको पाटन अस्पताल, सर्लाहीका मलंगवाका ४६ वर्षीय पुरुषको पनि पाटन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

त्यसैगरी मोरङका बिराटनगर–६ सरोचियाका ४५ वर्षीय पुरुषको होम आइसोलेसनमा, प्युठानको स्वर्गद्धारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा, पर्साको वीरगञ्ज महानगर–१० रानीघाटका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्डकेयर कोभिड अस्पतालमा, सप्तरीका ७७ वर्षीय पुरुषको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । त्यस्तै, धनुषाको नगराइन–३ फुलगामाका ५० वर्षीय पुरुषलाई प्रादेशिक अस्पताल, जनकपुरमा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो ।

कोरोना संक्रमणका कारण वीरगञ्ज–२६ सुगौलीका ५८ वर्षीय पुरुषको शुक्रबार ज्यान गएको थियो । उनलाई संक्रमण पुष्टि भएपछि तराई अस्पतालबाट वीरगञ्ज हेल्थकेयर कोरोना अस्पताल रिफर भएका थिए ।

त्यसैगरी सिरहामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ शाखा प्रमुख सुरेष सिंहका अनुसार मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । दीर्घ रोगी समेत रहेका उनी बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । शुक्रबार मात्रै काठमाडौँ उपत्यकामा २०५ जनासहित देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी शुक्रबार थप २५० जनाले कोरोना जितेर घर फर्किएका छन् । शुक्रबारसम्म कोरोना जित्नेको संख्या १८ हजार २१४ पुगेको छ । त्यस्तै शुक्रबारसम्म संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वार गौतमले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal