
काठमान्डौं । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा थप ८३८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मा ५४६ पुरुष छन् भने २ सय ९२ महिला रहेको छन्।
आजको सहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज मात्र ११ जनाको निधन भएको छ । आज निधन हुने मध्ये एक महिला र १० पुरुष रहेका छन् ।
आजमोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक १ जना गरेर ११ जनाको निधन भएको हो । आजको सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।
त्यस्तै आज काठमाण्डौं उपत्यकामा २०८ जना कोरोना संक्रमित थपिएका छन् । काठमान्डौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ संक्रमित थपिएका हुन् ।
त्यस्तै आज २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन् । आजको सहित सहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ । हाल सम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेकोे छन् ।