आज :

कोरोना भाइरस संक्रमणबाट नेपालमा १३७ जनाको ज्यान गयो, शुक्रबार ८३८ संक्रमित थपिए

काठमाडौँ । कोरोनाभाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ११ जनाका कोरोना संक्रमणबाट ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिङमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जनाले ज्यान गुमाएको जानकारी दिए । ज्यान गुमाउने एउटा मात्रै महिला छन् भने १० जना पुरुषका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । शुक्रबार थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै । योसँगै देशभर ३० हजार ४८३ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । त्यसैगरी पछिल्लो २४ घण्टामा २५० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या कुल संख्या १८ हजार २१४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal