
काठमान्डौं । सप्तरीमा कोरोना सग मिल्दो लक्षण भएको २ जनाको निधन भएको छ । उनिहरु सप्तकोशी नगरपालिका ८ का ४५ वर्षीय नारायण सदा र डाक्नेश्वरी नगरपालिका ८ की ३५ वर्षीया दुर्गिदेबी साह हुन् ।
ति दुबै जनामा केहि दिन यता उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्य रहेको पारिवार स्रोतले बताएको छ । बिरामी सिकिस्त भएपछि उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याउने तयारी हुदै गर्दा उहाको ज्यान गएको हो ।
सदाको बुधबार राती तथा साहको शुक्रबार बिहान तिर निधन भएको र दुवैलाई एकै तरिकाका लक्षण देखिएको स्थानियहरुले बताएको छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका सप्तरीका अनुसार उनिहरुको निधनपछि स्वास्थ्यकर्मीको टोली घरमै पुगि स्वाब संकलन गरी परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा पठाइएको छ । रिर्पोट शुक्रबार रातीसम्म परिक्षण रिपोर्ट प्राप्त भइसक्ने जानकारी दिएको छ ।
यसैबिच आजै आज बिहान पाटन अस्पतालमा कोरोनाबाट थप २ जनाको निधन भएको थियो । उनिहरु दोलखा र सर्लाही निवासी थिए । उनिहरु उपचारको क्रममा ललितपुरस्थित पत्न अस्पतालमा बिहान (शुक्रबार ) निधन भएको हो ।
त्यस्तै बिहीबार राति विराटनगरमा ४५ वर्षीय कामत थरका पुरुषको सरोचियामा अस्पतालमा नलग्दा ‘होम आइसोलेसन’मै उनको ज्यान गएको थियो ।