
काठमान्डौं । चीनको बेइजिङमा कोरोना नियन्त्रमा आएको दाबि गदै चीन सकारले नया मापदण्डमा अनिबार्य मास्क लगाउनु नपर्ने ब्यवस्था गरको छ । तर सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ । यो नियम चनिको राजधानी बेइजिङको बासिन्दाको लागी मात्र भएको चिनिया अधिकारीहरुले बताएको छन् ।
तर मानिससँग एकदमै नजिकमा जानुपर्ने भए भने मास्क लगाउनुपर्ने भनेको छ । त्यस्तै बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने निति छ ।
बुधबार चिनियाँ अधिकारीहरुले करिब ४ महिनादेखि कोरोना संक्रमणबाट चीनमा कसैको पनि मृत्यु नभएको दाबि गरेका थियो । यस्तै बेइजिङमा पछिल्लो २४ घण्टामा एउटा पनि संक्रमण नदेखिएको चिनिया सन्चारमाध्यमले बताएको छन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ । बिहीबार देखि नयाँ नियम लागू गरेको बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जानकारी दिएको छ ।
यता बुहानमा भने पछिल्लो २४ घण्टामा चीनमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।
#एजेन्सिकाे सहयाेगमा