
काठमान्डौं । बिहिबार २ थान पेस्तोल र १० राउण्ड गोली सहित दुई जना पक्राउ भएको छन् । नुवाकोटका दुप्चेश्वर गा.पा. वडा नं. ७ घर भएका २७ बर्षका विकेश पण्डित र लिखु गाउपालिका वडा नं. १ घर भएका २८ बर्षका अमर सिंह तामाङ घलेलाई बिशेष सुचनाको आधारमा उनिहरुलाई माछापोखरीबाट र प्रकाऊ गरेको प्रहरीले जनाएको छ ।
उनिहरुबाट ःबमभ ष्ल ग्क्ब् लेखेको २ थान पेस्तोल , सो पेस्तोलमा प्रयोग हुने १० राउण्ड गोली, २ थान म्यागजिन र २ थान मोबाइल बरामद गरेको प्रहरी उपरीक्षक – होबिन्द्र बोगटीले बताए ।
बुधबार हातहतियारको ओसार पसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले उनिहरुलाई प्रकाउ गरेको हो ।
प्रारम्भिक सोधपुछको क्रममा उक्त हतियार ओसार पसार गराउन लगाउने व्यक्ति नुवाकोट लिपु गाउँपालिका १ को अमर तामाङ खुल्न आएको प्रहरीले बताएको छ ।
त्यस पछि प्रहरी निरीक्षक भोला कुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी निजलाई लिपु, नुवाकोटउनको घरबाट पक्राउ गरी प्रहरी महाशाखामा ल्याई थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको जानकारी प्रहरीले बिज्ञप्ति मार्फत दिएको छ ।
त्यस्तै प्रारम्भिक अनुसन्धानको क्रममा अमर सिंह तामाङ घले डाँका मुद्दामा ६ बर्ष २ महिना कैद सजाँय भुक्तान गरी २०७६ फागुन १२ गते थुना मुक्त भएको र जेल बसाईको क्रममा उक्त हतियारको बारेमा जेलमा रहेको लागु औषध मुद्दामा सजाँय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसार पसार गर्ने कार्य गरेको बुझिएको प्रहरीले बताए। अहिले घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।